घर जलेरपछि खोटाङमा तीन परिवारको बिचल्नी

दमन राई/खोटाङ

बैसाख-१३, आगोलागीमा घर जलेर नष्ट भएपछि खोटाङमा तीन परिवार बिचल्नीमा परेका छन् । आगोलागीमा घर र घरमा भएका सवै नगद, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेपछि पौवासेरा-५ चिउरीबोटेका रामबहादुर राउत, दानबहादुर राउत र कर्ण बहादुर राउतको परिवार बिचल्नीमा परेका हुन् । आगोलागीमा घर र आवश्यक सामग्रीहरु जलेपछि राउत परिवार हिजो मंगलबारदेखि छिमेकीको घरमा बसिरहेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।

यसैबीच, आगलागीमा परी बिचल्नीमा परेका खोटाङ बिजयखर्कका चार अग्निपिडित परिवारलाई राहत रकम बितरण गरिएको छ । बिजयखर्क गाबिसले बिजयखर्क-७ का सात अग्निपिडित परिवारमध्ये हेमसागर ढकाल, भबकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल र मिना बिश्वकर्माको परिवारलाई प्रतिघर सात हजारका दरले राहत रकम प्रदान गरेका हुन् । स्थानीय जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोबाट सल्किएको आगोले गत सोमबार घर पर्ूण्ारुपमा जलेपछि बस्थिापित बनेका परिवारलाई राहत रकम प्रदान गरिएको गाबिस सचिव केदारनाथ खनालले बताउनु भयो । आगलागीबाट बिस्थापित बनेका आगलागी पिडित परिवारहरु अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् ।

 

This entry was posted on Wednesday, May 9th, 2012 and is filed under एशिया, खोटांग समाचार, Latest Update. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “घर जलेरपछि खोटाङमा तीन परिवारको बिचल्नी”

  1. dinesh rai on June 8th, 2012 at 9:24 am

    we sadness

Leave a Reply