करेन्ट लागरे खोटाङमा बिद्युत प्राधिकरण शाखाका कर्मचारी गम्भरि र्घाईते
दमन राई/खोटाङ
बैसाख-१९, फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर खोटाङमा नेपाल बिद्युत प्राधिकरण शाखाका एक कर्मचारी गम्भरि र्घाईते भएका छन् । जिल्लाकोर् इन्द्रणीपोखरीमा भएको विद्युत फल्ट मर्मत गर्नेक्रममा करेन्ट लागेर विद्युत प्राधिकरण शाखा दिक्तेलका फ्यूज सेवामा कार्यरत कर्मचारी प्रमोद यादव गम्भीर घाइते हुनु भएको हो । गम्भीर र्घाईते बनेका यादवको अहिले सिमपानी उपस्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तत्काल हेलीकप्टर झिकाईए पनि मौसममा खराबी आएका कारण र्घाईतेलाई अन्यत्र लैजान नसकिएको नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ । र्घाईतेलाई भोली हेलीकप्टरमार्फ काठमाडौ लगिने प्राधिकरणले जनाएको छ । र्घाईते सिकिस्त अवस्थामा रहेको स्वास्थयकर्मीले बताएका छन् ।
यसैबीच, सोलारबाट लागेको आगोले जिल्लाको दर्ुर्छिममा एक घर जलेर नष्ट भएको छ । सोलार टुकी चार्ज गर्नेक्रममा विद्युत सट भएर लागेको आगोले दर्ुर्छिम-३ हात्तीढुंगाका हर्कबहादुर राईको घर जलेको हो । आगोलागीबाट राईको करिब तीन लाख बराबरको क्षती भएको स्थानीय तामन राईले जानकारी दिनु भयो ।


Leave a Reply