खोटाङं समचारहरू-दमन राई

जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित/डढेलो अझै नियान्त्रण बाहिर ।।
बैसाख-११, जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित भएका छन् । गाउँ नजिकैको जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोले घर जलेपछि बिजयखर्क-७ का हेमसागर ढकाल, भवकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल, तेजबिनोद ढकाल र मीना बिश्वकर्माको परिवार बिस्थापित भएका हुन् । यस्तै, डढेलोले बिजयखर्क-८ का मुलुकबहादुर र्राईको मतान जलेको छ । आगलागीबाट करिब ५० लाखभन्दा बढिको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो नियन्त्रण गर्नकालागि सदरमुकाम दिक्तेल र बुईपाबाट प्रहरीको टोली परिचालन गरिएको छ । बनमा फैलीएको आगोबाट अझै गाबिसका दर्जनभन्दा बढि घर खतरामा रहेको स्थानीय शिक्षक गोबिन्द कट्वालले जानकारी दिनु भयो । सामुदायीक बनमा फैलिएको आगोको कोईला र ज्वाला बतासले उडाएर घरको छानामा ल्याएपछि घरमा आगलागी भएको शिक्षक गोबिन्द कट्वालको भनाई छ । आगलागीबाट चारै परिवारको शरीरमा लगाएको कपडाबाहेक अन्य अन्नपात, लुगाफाटा, भाँडाकुँडा, काठपात जलेर नष्ट भएको छ । बिजयखर्कको जुरेथुम्का सामुदायीक बनमा हिजो आईतबारदेखि फैलिएको डढेलो अझै नियान्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।

घर जलेरपछि खोटाङमा तीन परिवारको बिचल्नी
बैसाख-१३, आगोलागीमा घर जलेर नष्ट भएपछि खोटाङमा तीन परिवार बिचल्नीमा परेका छन् । आगोलागीमा घर र घरमा भएका सवै नगद, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेपछि पौवासेरा-५ चिउरीबोटेका रामबहादुर राउत, दानबहादुर राउत र कर्णबहादुर राउतको परिवार बिचल्नीमा परेका हुन् । आगोलागीमा घर र आवश्यक सामग्रीहरु जलेपछि राउत परिवार हिजो मंगलबारदेखि छिमेकीको घरमा बसिरहेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।
यसैबीच, आगलागीमा परी बिचल्नीमा परेका खोटाङ बिजयखर्कका चार अग्निपिडित परिवारलाई राहत रकम बितरण गरिएको छ । बिजयखर्क गाबिसले बिजयखर्क-७ का सात अग्निपिडित परिवारमध्ये हेमसागर ढकाल, भबकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल र मिना बिश्वकर्माको परिवारलाई प्रतिघर सात हजारका दरले राहत रकम प्रदान गरेका हुन् । स्थानीय जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोबाट सल्किएको आगोले गत सोमबार घर पूर्णरुपमा जलेपछि बस्थिपित बनेका परिवारलाई राहत रकम प्रदान गरिएको गाबिस सचिव केदारनाथ खनालले बताउनु भयो । आगलागीबाट बिस्थापित बनेका आगलागी पिडित परिवारहरु अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् ।
                                          ।।

।।

This entry was posted on Saturday, April 28th, 2012 and is filed under खोटांग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply