खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर

दमन र्राई/खोटाङ – चैत्र-२६, खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर भएको छ । छिमेकी ४९ वर्षिय पदमसरी र्राईलाई बोक्सी भन्दै ढुंगा हानेर कुटपिटको प्रयास गर्ने सप्तेश्वर-९ की सिता र्राईविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्धा दायर भएको हो । महिला अधिकारकर्मीहरुको दवावमा वकिललाई जाहेरी लेखाएर सिताबिरुद्ध अदालतमा मुद्धा दायर गरिएको हो । शुरुमा जिल्लामा भएका वकिलहरुले पदमसरीको जाहेरी लेख्न नमानीरहेको अवस्थामा अधिकारकर्मीहरुले वकिललाई जाहेरी लेख्न अनुरोध गरेका थिए । पिडकपक्षले हामी आफै मिलापत्र गर्र्छौ भन्दै वकिललाई जाहेरी नलेख्न भनेपछि शुरुमा जाहेरी नलेखेको वकिलहरुको भनाई छ । बोक्सीको आरोपमा अपमानित बन्नु परेपछि पदमसरी मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बशन्तकुमार थापाले बताउनु भयो । ‘हिनताबोध भएर हुन सक्छ, प्रहरीलाई दिएको जाहेरीमा उनले आफ्नो जीवन तलमाथि जे पनि हुनसक्छ भनेका छन् ।’ प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो । ‘आफुमाथि जे पनि हुन सक्ने’ त्रासमा दिक्तेलबाट घर र्फकन नमानेका पदमसरीलाई सम्झाई-बुझाई घर फकाईएको छ ।

 

जंगलमा पत्कर बटुलीरहेको अवस्थामा पदमसरीमाथि गत फागुन-२६ गते बोक्सी भन्दै ढुंगाले हानिएको थियो । फागुन-२९ गते प्रशासन र चैत्र-५ गते राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेपछि बाक्सिला प्रहरी चौकीले गत चैत्र-५ गते पक्राउ गरेका सितालाई हाल जिल्ला प्रहरी कार्यालय दिक्तेलको नियन्त्रणमा राखिएको छ । उनीविरुद्ध चैत्र-१४ गते किटानी जाहेरी परेको थियो ।

This entry was posted on Wednesday, April 11th, 2012 and is filed under एशिया, खोटांग समाचार, Latest Update. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

2 Responses to “खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर”

  1. moktan on April 20th, 2012 at 6:09 am

    still our baksila area ma boksi ko arop lagdai chha hagi. yo 21first century ma ayera pani yo andha biswas garne lai kada bhandha kada sajaye hunu parchha.

  2. keshab budhathoki-nirmali danda-3 khotang on July 30th, 2012 at 12:58 pm

    tapaile garnu bhayeko byebahar 1damai galat 6.mapani khotange basinda bhayera k bhan6u bhane ahileko yo 21au satabdima aayera yesto aarop lagnu bhaneko galat kura ho.tapaile dhunga mudha garnu bhanda uttam kura k ho bhane jun aaropi hunuhu6 uhalai ramrari samjhauna saknuhun6,tesogare kaso hola.

Leave a Reply