खोटाङका चार जना साहित्य तथा संगीत स्रष्टाहरु अभिनन्दीत

दमन राई/खोटाङ । चैत्र-२९, खोटाङका चार जना साहित्य तथा संगीतका स्रष्टाहरु एकैसाथ अभिनन्दीत भएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङको १५ औं साधारणसभा तथा ७ औं अधिवेसनको अवशरमा साहित्यकार जसराज किराती, बिष्णु आभूषण, चमा थुलुङ तथा संगीतकर्मी पृथी जिम्बा अभिनन्दीत हुनु भएको हो । मोफसलमा रहेर पनि लामो समयदेखि निरन्तर साहित्य र संगीतका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याइरहनु भएकामा चार स्रष्टाहरुलाई अभिनन्दन गरिएको हो । जिल्ला बिकास समितिको समिक्षालय हलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय बिकास अधिकारी बशन्तकुमार भण्डारीले उहाँहरुलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गर्नु भएको थियो ।

 

बुइपा निबासी साहित्यकार जसराज किराती मोफसलको अप्ठ्याराहरुका बाबजुद पनि लामो समयदेखि निरन्तर साहित्य सिर्जनामा लागीरहनु भएको छ । यस्तै, नेपाली कांग्रेस खोटाङका सभापति रहेका विष्णु आभूषण राजनीतिको व्यस्तताकाबीच पनि निरन्तर साहित्य सिर्जना गर्दै आउनु भएको छ । अभिनन्दीत चमा थुलुङ दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ, भने कालिका माबि नेर्पामा अध्यापन गरिरहनु भएका पृथी जिम्बा गाउँमै बसेर गीत र संगीतका क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु भएको स्रष्टा हुनुहुन्छ । प्रायः जिल्लामा हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा नछुट्ने आभूषण छोरम्बु, थुलुङ बुइपा तथा जिम्बा खिदिमाबासी हुनुहुन्छ ।

 

यसैबीच, समाजले आफ्नो उत्कृष्ट तीन जना कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । समाजले एसएसएमपी कार्यक्रमतर्फराजेन्द्र तामाङ, गरिबी निवारणतर्फतेजिन्द्र हिङमाङ र एलजिसिडीपीतर्फनबीन र्राईलाई उत्कृष्ट कर्मचारीकोरुपमा अभिनन्दन गरेको हो । समाजले आफ्नो सरसफाई अभियानका सहयोगी जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल हलेसी गुल्म, जनस्वास्थ्य कार्यालय तथा सामुदायीक बिकास सेवा केन्द्रलाई पनि कदरपत्र प्रदान गरेको छ ।

This entry was posted on Wednesday, April 11th, 2012 and is filed under एशिया, खोटांग समाचार, Latest Update. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “खोटाङका चार जना साहित्य तथा संगीत स्रष्टाहरु अभिनन्दीत”

  1. dinesh rai on June 8th, 2012 at 9:30 am

    well done

Leave a Reply