खोटांङ समचारहरु दमन-राई

खोटाङको पाथेका र दुवेकोलमा आगलागी/करिब १२ लाख बराबरको धनमाल नष्ट

चैत्र-६, खोटाङको पाथेका र दुवेकोलमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भान्छा कोठाबाट सल्किएको आगोले पाथेका-६ का चन्द्रबहादुर राईको घर जल्दा १० लाख बराबरको क्षती भएको हो । गए राती भएको आगलागीमा जस्तापाता हालेको तीन तले घर र घरमा भएका अन्नपात, भाँडाकुडा, सात तोला चाँदी लत्ताकपडा जलेर नष्ट भएको खार्ताम्छा बालबेशीका जितन साम्पाङले जानकारी दिनु भयो । घर जलेपछि राईको परिवार छिमेकीको आश्रयमा बसिरहेका छन् ।
यस्तै, दुवेकोल-८ का भक्तबहादुर विश्वकर्माको घरमा आगलागी हुँदा करिब २ लाख बराबरको धनमाल नष्ट भएको छ । विश्वकर्माको फुसले छाएको दुई तले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाँकुडा तथा काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घर आगलागी भएपछि ६ जनाको विश्वकर्मा परिवार बिस्थापित भएका छन्      ।।

महिलाहरुद्धारा मादक पदार्थबिरुद्धको अभियानमा 

चैत्र-६, मादक पदार्थ सेवन गरेका श्रीमानले शारिरीक र मानसिकरुपमा दुःख दिन थालेपछि खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान थालेका छन् । जाँडरक्सीलगायतका मादक पदार्थ पिएर आएका श्रीमानले गाउँमा हो-हल्ला तथा झगडा गर्दै श्रीमतीलाई कुटपिट गर्नेक्रम बढेपछि दिक्तेल-३ र ४ का महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान थालेका हुन् । आमा समुहले आज नाराजुलुस सहित गाउँ परिक्रमा गर्दै मदिराजन्य पदार्थ बिक्री तथा सेवन नगर्न सचेत गराएको छ । समुहले आफ्नो दिक्तेल-३ र ४ को उत्तरमा उजेली खोला, दक्षिणमा बसैखा खोला, पुर्वमा हस्पिटलदेखि अल्छेढुंगा तथा पश्चिममा मेवाखोला सम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

अभियानको शुरुमै आज उनीहरुले गाउँका मादक पदार्थ सेवन गर्ने तीन जनालाई आउँदा दिनमा मादक पदार्थ सेवन नगर्ने शर्तमा हस्ताक्षर गराएका छन् । मादकपदार्थ नियन्त्रणकालागि घरदैलो अभियान थालेका आमा समुहले आजै जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा कोलेनीका कार्यालयसँग आफ्नो अभियानमा सहयोग गर्न अनुरोध गरेको छ । समुहले ज्ञापनपत्र बुझाउँदै मादक पदार्थ बिरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेको हो । महिलाहरुको अभियानलाई सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी केशबराज आचार्यले आश्वासन दिनु भएको छ ।
समुहले मादक पदार्थ सेवन गर्ने व्यक्तीलाई पहिलो पटक भए समाजको अगाडि सार्वजनिक गर्ने, दोश्रो पटक भए पाँच सय जरिवाना सहित सञ्चार माध्यमबाट नाम, ठेगाना र तस्बिर प्रकाशन तथा प्रशारण गर्ने र तेश्रो पटक भए कानूनी कारबाहीकालागि प्रकृया अघि बढाउने आमा समुहकी अध्यक्ष सरस्वति आचार्यले बताउनु भयो ।

                                          ।।

आमा समुहले मातेर हिँड्नेको परिचय प्रकाशन तथा प्रशारण गर्ने

चैत्र-४, खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरुले मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्दै हिँड्ने व्यक्तीको नाम, ठेगाना र तस्बिर स्थानीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने भएको छ । मादक पदार्थले मानवीय सम्पत्ती र स्वास्थ्यमा परिरहेको प्रतिकूल अशर कम गर्नकालागि दिक्तेल-३ र ४ का आमाहरुले मातेर हिँड्ने व्याक्तीलाई नगद पाँच सय जरिवाना सहित नाम, ठेगाना र तस्बिर स्थानीय सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने भएको हो ।

मातेर हिँड्नेलाई हतोत्सहित गर्दै मादक पदार्थरहित समाज स्थापनाकालागि महिलाहरुले सामुहिकरुपमा मादक पदार्थबिरुद्धको अभियान थालिएको आमा समुहकी अध्यक्ष सरस्वति आचार्यले बताउनु भयो । आमा समुहले मादक पदार्थ सेवन गरेर जथाभावी गर्नेलाई समाजको अगाडि सार्वजनिक गर्ने, नभए कानूनी कारबाहीकालागि प्रकृया अघि बढाउने आमा समुहले जनाएको छ ।

                                          ।।

This entry was posted on Monday, March 19th, 2012 and is filed under खोटांग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “खोटांङ समचारहरु दमन-राई”

  1. dinesh rai on June 8th, 2012 at 9:36 am

    well done to ama samuha

Leave a Reply