खुल्ला पुस्तक हुँ-पवित्रा राई


 निर्जीव पुस्तक भएछु सधै खुल्ला हुन्छु
पढे पनि हुन्छ च्याते पनि हुन्छ सही दिनेछु

जहाँ लेखेर छाडेउ आज पनि त्यही छु
खुल्ला पुस्तक हुँ खुल्लै दिल पार्ने छु

म भित्रको हरपहरु हेरे पनि भो नहेर्दा नि भो
जे लेख्यो कलमले त्यही राख्ने मेरो कर्तव्य हो

म भित्रको प्रत्यक शब्द बुझेको नै थिएयौ
निर्जीव  मेरो  शरीरमा   के के   लेखी  दियो

म  भित्रको कालो   अक्षरहरु  बनावटी    होईन
बुझ्नै नसक्ने भए पढी राख्ने आवाश्कता छैन

 म भित्रको कथा   ब्यथा धेरै पढ्न खोज्दै थिएउ
प्रत्यक पन्ना पढेर नै हेरैउ कुन पेज पढ्न भुलेउ

म खुल्ला पुस्तक हु सबैको सामु हाँसी राख्ने छु
मसिले लेखिएको कहानीहरु सबै सम्मालेर राख्नेछु

This entry was posted on Wednesday, March 14th, 2012 and is filed under कविता-गीत-मूक्तक-गजल, खोटांग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “खुल्ला पुस्तक हुँ-पवित्रा राई”

  1. rijan rai"abhagi" on June 21st, 2012 at 12:25 pm

    how…wonderful words.plz take continuse……..abhagi will support youok

Leave a Reply