About us Stay Connected Tuesday, February 28th, 2012 | Posted by admin | Edit हङकङव्यापी वृहत कविता प्रतियोगिता २०१२ सम्पन्न , मोती चाम्लिङले सबैलाई उछिने

रविन लिङदेन “आम्बु जेठा” – हङकङ, २७ फेव्रअरी,
(शहर तिम्रो नेत्र ज्योति, अध्यावधि ठिकै हो भने
छदम चादको चस्मा लगाउने रहने किन ?
चुच्चे, नेप्टे नाकको डालीलाई सास्ति दिने हो भने
सदाआकाक्षा वाच्दैन सास, सादा कात्रोले आँखा छोपलौ – कवि मोती चाम्लिङ)

खोटाङ टेम्के तुवाचुङ साहित्यिक पुरस्कार अक्षय-कोष निर्माण समिति हङकङले आईतवार एक कार्यक्रम गरि हङकङका नेपाली कवि तथा कवयत्रिहरुको कविता प्रतियोता गराएको छ । उक्त प्रतियोगितामा हङकङमा वसोवास गर्ने नेपाली वरिष्ठ कवि देखि नव उदय कवि तथा कवयत्रिहरुको भिड रहेको थियो । प्रतियोगि १० जना रहेका थिए भने अप्रतियोगिहरु पनि उतिनै रहे पनि समयको अभावले गर्दा सबै वाचन गर्न सकिएको थिएन।

कविता प्रतियागितामा उत्कृष्ट ५ कविहरु छनौट भएका थिए । “सहर र अवयव ईन्द्रियहरु” कविताको शिर्ष लिएर, प्रथम भएका थिए कवि मोति चाम्लिङ । आषिस सम्पाङ ‘महेश’ले आफ्नो कविताको शिर्ष “रेमिट्यान्स” लिएर दोश्रो भएका थिए । “नेपाल सरकार नागरिक्ता फिर्ता गर” चन्द्र मादेन ‘आन्छान’, “म जिन्दगी ठुले र प्रदेश” रुद्र नाल्वो र “माटोको मायाँ” टोप वहादुर राई क्रमशः तेश्रो, चौथो र पाचौं स्थान हासिल गर्न सफल भएका थिए ।

प्रथम, दोश्रो र तेश्रो प्रतियागी कविहरुलाई कप प्रदान गरिएको थियो । चौथो र पाचौं कविहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । कविता प्रतियोगितामा भाग लिने कविहरुलाई पनि प्रमाण-पत्र प्रदान गरिएको थियो । विनय शाहा, आषिस साम्पाङ, प्रज्ञा राई, पिताम्बर राई, पवित्र राई, टोप वहादुर राईले कविता प्रतियोगितामा भग लिई प्रमाण-पत्र प्राप्त गरेका थिए । कप नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापामगरले प्रायोजन गरेको थियो भने हल हिन्सका अध्यक्ष बुद्दि बहादुर थापाले प्रायोजन गरेका थिए । प्रचारप्रसारमा हंगकंगका स्थानिय वेवसाईटहरुले सहयोग गरेका थिए।

कविताको पुर्णाक ३० मार्क रहेको थियो जसमा प्रस्तुति, विषय वस्तु तथा विचार पक्ष र शिल्प शैलि, शब्द सैलि गरि तीन विषय केन्द्रित १० १० मार्कको थियो। प्रतियोगितामा नेपाली सहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, अनेसास हङकङका अध्यक्ष कमल पौड्याल र सृजनसिल सहित्य समाजका सचिव नरेश सुनुवार निर्णायक मण्डलमा रहेका थिए ।

समितिका संयोजक प्रकाश रोदुङले संचालन गरेको कार्यक्रमलाई मूलबाटो डटकमले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । उक्त कार्यक्रममा हङकङमा एकमात्र नेपालीबाट संचालित ‘नवलपुरे किसान पुस्तकालय’लाई आयोजक संस्थाले आफ्नो पाँचवटा पुस्तक हस्तान्तरण गरेको थियो।

अप्रतियोगितामा , भुपेन्द्र चेम्जोङ, प्रकाश रोदुङ, मालिकराम राई, मोहन गुरुङ, असोक राई,दिपा राई एवाई र प्रकाश छाङछा राई आदिले अप्रतियोगि कविता वाचन गरेका थिए ।

This entry was posted on Wednesday, February 29th, 2012 and is filed under एशिया, फोटो, हंगकंग समाचार, Latest Update. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply