तिहार आयो-पवित्रा राई


तिहार आयो सबैतिर लौ झिलि मिलि
घर गाउँमा रमायो है देउसे र भइलेनी

साँझको बेलैमा लक्ष्मी पुजा पुज्दि हुन्न
जोर बति बालेर घर उज्यालो पार्दि हुन्न

फुलबारीमा फुलहरु रंगी चंगी देख्दि हुन
फूल टिप्दै मन मनै गुन गुनाउ दि हुन्न

साथीसंगी चारैतिर रमाएको देख्दि हुन्न
मै अभागीनी भनेर आफैलाइ दोष्दी हुन्न

साइपत्री मखमली उनेर राख्दी हुन्न
मै दाजैलाई सम्झेर धरुधुरु रुदि हुन्न

तिहारको बेलैमा माला उन्दै बस्दि हुन्न
दाजु आउँछ भनेर आसा कति गर्दि हुन्न

भाईटिकाको दिनैमा चारैतिर सबैलाई हेर्दि हुन्न
दाजुको आसामा टिका माला हातैमा लिदि हुन्न

चारैतिर हेरेर मन थामि बस्दि हुन्न
आँसु झाँदै गलामा एक्लै बसी रुदि हुन्न

पवित्रा राई

This entry was posted on Tuesday, October 25th, 2011 and is filed under कविता-गीत-मूक्तक-गजल, हंगकंग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply