मलेशियाको सवल पक्षहरु फर्केर हेर्दा-ईन्द्र जिजीबिषा

जहाँ नराम्रा हुन्छन त्यहा राम्रा पनि हुन्छन । जहाँ खराब हुन्छ त्यहा असल पनि हुन्छ । मैले यो भन्दा अगाडिको अंकहरुमा यस् बारे धेरै चर्चा गरी सकेको छु । र मलेशियाको हकमा पनि अगाडिको अंकमा श्रमिकहरुको बिकराल तत्वको केही कारण दियको थिय । यसर्थ जो मलेशियामा नयाँ हुनुहुन्छ व जो मलेशिया बाट टाढा हुनुहुन्छ , उहाहरुलाइ पक्कै पनि मलेशियामा सबै खराब हुँदारहेछन जस्तो महशुस भयो होला । तर मलेशियामा सबै खराब छैनन भन्न यो लेखमा केही बुदा पेश गर्न चाहन्छु।
श्रमिक पत्रकारहरु
पत्रकारिता पनि एउटा श्रम नै हो जो । जहाँ रहेर पत्रकारिता गरे पनि श्रम गर्नै पर्छ र अर्थ शास्त्रको नियम अनुसार शर्मा गर्नेलाई श्रमिक भन्नै पर्छ । चाहे त्यो जुन सुकै बर्गको होस् । चाहे केन्द्रको पत्रकार होस् चाहे मोफशलको य त चाहे डायस्पोराकै किन नहोस् । सबै नै श्रमिक नै हुन । पत्रकारिता मलेशियामा अरु देशको तुलनमा सक्रिय र केही उत्कृष्ट छ भन्न सकिन्छ । यहाँ साप्ताहिकरुपमा ५ देखी ७ वटा सम्म साप्ताहिक पत्रीका प्रकाशन हुन्छ । मलेशियामा इ-पत्रीकाहरु पनि सन्चालनमा छन । हुन त अरु देशमा नभयर मलेशियामै मात्र भयको भने होइन तर मलेशियामा सक्रिय छन भन्न मात्र खोजेको हुँ। अमेरिका , हङकङ , जापान बाट पनि उत्कृष्ट इ-पत्रीका अप डेट नहुने हैन । www.dcnepal.com , www.nepaljapan.com र www.hknepal.com , www.freenepal.com यस्ता इ -पत्रीकाहरुले केन्द्रलाई नै चुनौती दियको छ । तर मलेशियाको इ- पत्रीकाहरु पनि कमिको छैनन । www.malaynepal.com www.nepalmalayakhabar.com soltinee.com र www. छ । तर आम्दानिको हिसाबले मध्याम छ । स्थानिय ब्यापारिले नेपाली पत्रीकाहरुमा यहाँका टेली कम्युनी केसन बाहेक अरुले खासै दिदैनन । नेपाली ब्यापारिहरु सिमित छन त्यसैले बिज्ञापन आउँदैन । बिज्ञापन नहुनु भनेको पत्रीकाको आम्दानी नहुनु हो । २:५० आर एम को पत्रीका बेचेर मात्रै जिबिका चल्दैना । त्यसैले यहाँका केही पत्रकारहरु स्थापित छन त कोही बिस्थापित पनि भयका छन। केही समय पहिला मलेशियामा रेडियो एफ एम नै चलाऊन यहाँका केही बौद्धिक बर्गका साथीहरु तातिय पनि आर्थिक कम्जोरिको कारण त्यतिकै सेलाउन परेको थियो । तर आज मलेशियामा श्रब्या समाचार सुन्नलाई डिजी टेली कम्युनी केसन कम्पनी सँगको सहकार्यमा आइ भि आर सिस्टम बाट नेपाली समाचार प्रसारन् भई रहेको छ । समग्रमा यहाँका पत्रकर्मिहरु सवल र सक्षम छन भन्न सकिन्छ ।

साहित्य

मलेशियामा झन्डै झन्डै केन्द्रकै हारहारिमा साहित्य श्रीजना हुने गरेको छ । डायस्पोरा मध्य मलेशिया यस्तो देश हो जहाँ साहित्यिक पुस्तकहरु र अन्न्य संघ संस्थाको मुख पत्रहरु सोछे भन्दा धेरै प्रकाशन हुने गर्छ । मलेशियामा साहित्य श्रीजना गर्नेहरु प्रयजसो सबैनै श्रमिकहरु हुन र उनिहरु सबैनै कम्पनीमा काम गरेर बाँकी रहेको समयलाई थकाईको कुनै पर्बाह नगरि साहित्य श्रीजना गर्ने गर्छन् । मलेशियामा तिनै साहित्यिक मनहरुको साझा संघ संगठनहरु खुलेका छन । र तिनै संघ संगठनहरुले आफ्नो मुख पत्रीकाको रुपमा स्मारिक र अन्य साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइ रहेका छन । अहिले मलेशियामा गजल बिधा अरु बिधा भन्दा धेरै फस्टायको छ । यहाँ आउने साधारण मनहरु पनि साहित्यिक मन बनेर नेपाल फर्कने गर्छन् ।

ब्यापारी

मलेशियाको नेपाली ब्यापारिहरु आर्थिक रुपमा निक्कै मज्बुत र सवल छन । जसरी हुन्छ जुन तरिकाले हुन्छ आफ्नो ब्यवसाय फस्टाएकै छन उनिहरुले । चाहे त्यो रेमिट होस् चाहे त्यो नेपाली रेस्टुरेन्ट चाहे त्यो बुटिक होल्सेल खुद्रा पसल नै किन नहोस् । यि मध्य पनि रेमिट ब्यापरि हरु धेरै कमाउने मध्य पर्छ मलेशियामा । त्यस पछी रेस्टुरेन्ट ब्यापरि , र होल्सेल बुटिक ब्यपारिहरु पनि कमी कमाउनेमा पर्दैनन । यहाँ सुरुमा चिसो कोककोला र फ्यान्टा बेचेर बस्नेहरु अज मर्सिडिजमा चढेर हिंड्ने भई सकेका छन । यस्ता पसल र रेस्टुरेन्टहरुमा ठुला ठुला लाउड स्पिकरहरुमा नेपाली लोक भाकाको गीतहरु जोड जोड्ले बज्दा काठमाडौंको ठमेल भन्दा कम् आक्न मिल्दैना । यहाँ बिभिन्न थरिका नेट वर्किङ ब्यापारिहरु को लस्कर पनि थुप्रै छन । र तिनिहरु जो सक्रिय छन , जो मिठो बोलेर अरुलाई आकर्सित पार्न सक्छन , तिनिहरु आर्थिक रुपमा केही माथि उठेका पनि छन । जती सक्रिय रहन्छ त्यतिनै फाईदा हुने गर्छ नेट वर्किङ ब्यापरिहरुमा । यो चक्रिय प्रणाली हो । संघ

संगठन

मलेशियाको संघ संगठनको कुरा गर्नै पर्दा बर्षातको झरिमा च्याउ उम्रे सरह खुलेका छन । बिभिन्न जिल्ला संपर्क मन्चहरु , जातिय संगठनहरु, खेलकुद संगठनहरु सांगीतिक ब्यान्डहरु, सास्कृतिक समुहहरु , र स्माज सेवाको नाममा यहाँ धेरै संगठनहरु खुलेका छन । यतिकी मानौ यहिनै सारा विश्व ब्रम्हान्ड लुकेको छ । यहाँ राजनीति पनि कम् चल्दैन । मलेशियामा बसेर म अहिले शिंह दरबारमा पसेर सांसदलाइ लातले हान्दै भन्छन र यहाँका संघ संगठन हरु बिशेष गरेर साँस्कृतिक कार्यक्रमहरु गर्न अगाडि देखिन्छ । र त्यस्तो कार्यक्रमको लागि नेपाल बाट चलेको कलाकारहरु मगाउने गर्छन् । यस्ता कार्यक्रममा कसैले नाफ पनि कमायका छन त कसै यही कार्यक्रम बाट डुबेका पनि छन । यस्ता संघ संगठन हरु केही सक्रिय पनि छन । कोही निस्वार्थी समाज सेवा पनि गर्ने गरेका छन ।

मलेशियामा पढ्न आउने विद्यार्थीको शंख्या पनि कम् छैन । यहाँ बिशेष गरेर होटेल म्यानेजमेन्ट र अन्य बिबिध बिषयमा पढ्ने गर्छन् । र यस्ता विद्यार्थीहरु पढ्न मात्रै आउनेहरु कालेज मात्रै पढ्छन तर विद्यार्थी भिषामा आइ काम गर्न चाहनेहरु भने हप्तामा ३ दिन अनिवार्य कलेज् जानु पर्छ र अन्या दिनमा भने कुनै कार्यालय तिर काम गर्छन् । र यस्ता भिषामा आएर काम गर्न बर्षको लगभग ४ हजार रिगेट लाग्ने एक विद्यार्थीको कथन थियो ।
समग्रमा हेर्दा मलेशिया राम्रा र नराम्रा दूबै पक्षको सँगम स्थल रहेछ भन्न सके मैले । बाँकी कुरा तपाईंहरुकै अनुसन्धान र बीचारमा ।

ईन्द्र जिजीबिषा

This entry was posted on Thursday, September 22nd, 2011 and is filed under नेपाल समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

2 Responses to “मलेशियाको सवल पक्षहरु फर्केर हेर्दा-ईन्द्र जिजीबिषा”

  1. pramod chamling on October 19th, 2011 at 5:54 am

    thank you jijibisha tapaile malayasia ko barema ramro kuro uthaunu vaye6 kina vane malaysiako 25% chahi ramro nai 6 jasto lag6 tara tapaiko bisaya chai i can not say…………

  2. indra jijibisha on October 26th, 2011 at 3:57 am

    प्रमोद , यो माथिको लेख यती पढेर बुझ्न सकिन्दैन । किन कि यो लेख साप्ताहिक स्तम्भको रुपमा लेखिन्छ । यो लेख भन्दा अगाडि मलेशिया को श्रमिक र त्यस्को बिकरल तत्वको केही कारण हरु लेखेको थिय । त्यो लेख पनि पढ्नु भयो भने अबश्यनै तपाईं तपाईंले बुझ्नु हुने छ ।

Leave a Reply