मलेशियाको सवल पक्षहरु फर्केर हेर्दा-ईन्द्र जिजीबिषा
जहाँ नराम्रा हुन्छन त्यहा राम्रा पनि हुन्छन । जहाँ खराब हुन्छ त्यहा असल पनि हुन्छ । मैले यो भन्दा अगाडिको अंकहरुमा यस् बारे धेरै चर्चा गरी सकेको छु । र मलेशियाको हकमा पनि अगाडिको अंकमा श्रमिकहरुको बिकराल तत्वको केही कारण दियको थिय । यसर्थ जो मलेशियामा नयाँ हुनुहुन्छ व जो मलेशिया बाट टाढा हुनुहुन्छ , उहाहरुलाइ पक्कै पनि मलेशियामा सबै खराब हुँदारहेछन जस्तो महशुस भयो होला । तर मलेशियामा सबै खराब छैनन भन्न यो लेखमा केही बुदा पेश गर्न चाहन्छु।
श्रमिक पत्रकारहरु
पत्रकारिता पनि एउटा श्रम नै हो जो । जहाँ रहेर पत्रकारिता गरे पनि श्रम गर्नै पर्छ र अर्थ शास्त्रको नियम अनुसार शर्मा गर्नेलाई श्रमिक भन्नै पर्छ । चाहे त्यो जुन सुकै बर्गको होस् । चाहे केन्द्रको पत्रकार होस् चाहे मोफशलको य त चाहे डायस्पोराकै किन नहोस् । सबै नै श्रमिक नै हुन । पत्रकारिता मलेशियामा अरु देशको तुलनमा सक्रिय र केही उत्कृष्ट छ भन्न सकिन्छ । यहाँ साप्ताहिकरुपमा ५ देखी ७ वटा सम्म साप्ताहिक पत्रीका प्रकाशन हुन्छ । मलेशियामा इ-पत्रीकाहरु पनि सन्चालनमा छन । हुन त अरु देशमा नभयर मलेशियामै मात्र भयको भने होइन तर मलेशियामा सक्रिय छन भन्न मात्र खोजेको हुँ। अमेरिका , हङकङ , जापान बाट पनि उत्कृष्ट इ-पत्रीका अप डेट नहुने हैन । www.dcnepal.com , www.nepaljapan.com र www.hknepal.com , www.freenepal.com यस्ता इ -पत्रीकाहरुले केन्द्रलाई नै चुनौती दियको छ । तर मलेशियाको इ- पत्रीकाहरु पनि कमिको छैनन । www.malaynepal.com www.nepalmalayakhabar.com soltinee.com र www. छ । तर आम्दानिको हिसाबले मध्याम छ । स्थानिय ब्यापारिले नेपाली पत्रीकाहरुमा यहाँका टेली कम्युनी केसन बाहेक अरुले खासै दिदैनन । नेपाली ब्यापारिहरु सिमित छन त्यसैले बिज्ञापन आउँदैन । बिज्ञापन नहुनु भनेको पत्रीकाको आम्दानी नहुनु हो । २:५० आर एम को पत्रीका बेचेर मात्रै जिबिका चल्दैना । त्यसैले यहाँका केही पत्रकारहरु स्थापित छन त कोही बिस्थापित पनि भयका छन। केही समय पहिला मलेशियामा रेडियो एफ एम नै चलाऊन यहाँका केही बौद्धिक बर्गका साथीहरु तातिय पनि आर्थिक कम्जोरिको कारण त्यतिकै सेलाउन परेको थियो । तर आज मलेशियामा श्रब्या समाचार सुन्नलाई डिजी टेली कम्युनी केसन कम्पनी सँगको सहकार्यमा आइ भि आर सिस्टम बाट नेपाली समाचार प्रसारन् भई रहेको छ । समग्रमा यहाँका पत्रकर्मिहरु सवल र सक्षम छन भन्न सकिन्छ ।
साहित्य
मलेशियामा झन्डै झन्डै केन्द्रकै हारहारिमा साहित्य श्रीजना हुने गरेको छ । डायस्पोरा मध्य मलेशिया यस्तो देश हो जहाँ साहित्यिक पुस्तकहरु र अन्न्य संघ संस्थाको मुख पत्रहरु सोछे भन्दा धेरै प्रकाशन हुने गर्छ । मलेशियामा साहित्य श्रीजना गर्नेहरु प्रयजसो सबैनै श्रमिकहरु हुन र उनिहरु सबैनै कम्पनीमा काम गरेर बाँकी रहेको समयलाई थकाईको कुनै पर्बाह नगरि साहित्य श्रीजना गर्ने गर्छन् । मलेशियामा तिनै साहित्यिक मनहरुको साझा संघ संगठनहरु खुलेका छन । र तिनै संघ संगठनहरुले आफ्नो मुख पत्रीकाको रुपमा स्मारिक र अन्य साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइ रहेका छन । अहिले मलेशियामा गजल बिधा अरु बिधा भन्दा धेरै फस्टायको छ । यहाँ आउने साधारण मनहरु पनि साहित्यिक मन बनेर नेपाल फर्कने गर्छन् ।
ब्यापारी
मलेशियाको नेपाली ब्यापारिहरु आर्थिक रुपमा निक्कै मज्बुत र सवल छन । जसरी हुन्छ जुन तरिकाले हुन्छ आफ्नो ब्यवसाय फस्टाएकै छन उनिहरुले । चाहे त्यो रेमिट होस् चाहे त्यो नेपाली रेस्टुरेन्ट चाहे त्यो बुटिक होल्सेल खुद्रा पसल नै किन नहोस् । यि मध्य पनि रेमिट ब्यापरि हरु धेरै कमाउने मध्य पर्छ मलेशियामा । त्यस पछी रेस्टुरेन्ट ब्यापरि , र होल्सेल बुटिक ब्यपारिहरु पनि कमी कमाउनेमा पर्दैनन । यहाँ सुरुमा चिसो कोककोला र फ्यान्टा बेचेर बस्नेहरु अज मर्सिडिजमा चढेर हिंड्ने भई सकेका छन । यस्ता पसल र रेस्टुरेन्टहरुमा ठुला ठुला लाउड स्पिकरहरुमा नेपाली लोक भाकाको गीतहरु जोड जोड्ले बज्दा काठमाडौंको ठमेल भन्दा कम् आक्न मिल्दैना । यहाँ बिभिन्न थरिका नेट वर्किङ ब्यापारिहरु को लस्कर पनि थुप्रै छन । र तिनिहरु जो सक्रिय छन , जो मिठो बोलेर अरुलाई आकर्सित पार्न सक्छन , तिनिहरु आर्थिक रुपमा केही माथि उठेका पनि छन । जती सक्रिय रहन्छ त्यतिनै फाईदा हुने गर्छ नेट वर्किङ ब्यापरिहरुमा । यो चक्रिय प्रणाली हो । संघ
संगठन
मलेशियाको संघ संगठनको कुरा गर्नै पर्दा बर्षातको झरिमा च्याउ उम्रे सरह खुलेका छन । बिभिन्न जिल्ला संपर्क मन्चहरु , जातिय संगठनहरु, खेलकुद संगठनहरु सांगीतिक ब्यान्डहरु, सास्कृतिक समुहहरु , र स्माज सेवाको नाममा यहाँ धेरै संगठनहरु खुलेका छन । यतिकी मानौ यहिनै सारा विश्व ब्रम्हान्ड लुकेको छ । यहाँ राजनीति पनि कम् चल्दैन । मलेशियामा बसेर म अहिले शिंह दरबारमा पसेर सांसदलाइ लातले हान्दै भन्छन र यहाँका संघ संगठन हरु बिशेष गरेर साँस्कृतिक कार्यक्रमहरु गर्न अगाडि देखिन्छ । र त्यस्तो कार्यक्रमको लागि नेपाल बाट चलेको कलाकारहरु मगाउने गर्छन् । यस्ता कार्यक्रममा कसैले नाफ पनि कमायका छन त कसै यही कार्यक्रम बाट डुबेका पनि छन । यस्ता संघ संगठन हरु केही सक्रिय पनि छन । कोही निस्वार्थी समाज सेवा पनि गर्ने गरेका छन ।
मलेशियामा पढ्न आउने विद्यार्थीको शंख्या पनि कम् छैन । यहाँ बिशेष गरेर होटेल म्यानेजमेन्ट र अन्य बिबिध बिषयमा पढ्ने गर्छन् । र यस्ता विद्यार्थीहरु पढ्न मात्रै आउनेहरु कालेज मात्रै पढ्छन तर विद्यार्थी भिषामा आइ काम गर्न चाहनेहरु भने हप्तामा ३ दिन अनिवार्य कलेज् जानु पर्छ र अन्या दिनमा भने कुनै कार्यालय तिर काम गर्छन् । र यस्ता भिषामा आएर काम गर्न बर्षको लगभग ४ हजार रिगेट लाग्ने एक विद्यार्थीको कथन थियो ।
समग्रमा हेर्दा मलेशिया राम्रा र नराम्रा दूबै पक्षको सँगम स्थल रहेछ भन्न सके मैले । बाँकी कुरा तपाईंहरुकै अनुसन्धान र बीचारमा ।
ईन्द्र जिजीबिषा


thank you jijibisha tapaile malayasia ko barema ramro kuro uthaunu vaye6 kina vane malaysiako 25% chahi ramro nai 6 jasto lag6 tara tapaiko bisaya chai i can not say…………
प्रमोद , यो माथिको लेख यती पढेर बुझ्न सकिन्दैन । किन कि यो लेख साप्ताहिक स्तम्भको रुपमा लेखिन्छ । यो लेख भन्दा अगाडि मलेशिया को श्रमिक र त्यस्को बिकरल तत्वको केही कारण हरु लेखेको थिय । त्यो लेख पनि पढ्नु भयो भने अबश्यनै तपाईं तपाईंले बुझ्नु हुने छ ।