मसान र भुतहरुको वैठक चलिरहेका छ – पिताम्बर राई

चराचुरुङगीहरुको आवाज सुन्य छ
मात्र हुचिल लाटकोसेरोको ललहनी विलहनी
कता कता सुनिन्दैछ ।
हावा हुरी बाँसमा ठोकिएर आवाज आइरहेको छ
म लमतन्न सुतिरहेको छु
खै कता हो
कुन दुनियाँ जस्तो लाग्छ
आखाँ बिस्तारै खाल्दै जादा
वरिपरि मसान र भुतहरुको वैठक चलिरहेका छ
खोल्सा खाल्सातिर
ब्वाँसो र स्यालहरुको नराम्रो कोकोहोलो छ ।
बैठक सकिएर होला
भुत र मसानहरुले मेरो शरीरको भाग भागमा
तान्न र गाँज्न थालेको छ
उनिहरुको अटहासले पुरै जंगलै थरकेको छ
मलाई लाग्दैछ मेरो प्राण बाहेक
अरु सबै रित्तीसकेको छ
एउटा हरिमुस्लेले जब मेरो हातबाट
तान्न सुरु गर्यो
मैले पनि जोडले जोर लाती चलाएँ
लाता चलाएर जब अर्को दुनियामा आँखा खोले
मेरो छेउ छेउमा बसेर बलिन्द्र आशुँ झार्नेहरु देखे
गाउँलेहरु पनि सबै आइसकेको थियो
म जुरुक्क उठें
अनि सारा दुनियाँ मेरो भयो ।
पिताम्बर राई
बाम्राङ ५ खोटाङ
हाल – हङकङ


Leave a Reply