गीत-मुटु मेरो जलएर-बिश्वकाजी राई

  
दिन दिनै टाढा भयौ, मइले के बिराएर
न्यानोपन ताप्छौ किन मुटु मेरो जलाएर

हिजो सम्म तिमि मेरै हात समाएर हिड्थ्यौ
दुखहरु पन्छाएर सुख संग सुखै साटथ्यौ
आजभोली तर्कि हिड्छौ, भित्रै देखि रिसाएर
न्यानोपन ताप्छौ किन मुटु मेरो जलाएर

साथ कहिले छुट्ने छैन भन्दै कसम खान्थ्यौ
केहि क्षन छुट्नु पर्दा आसु बगाई रुन्थ्यौ
आजभोली तर्कि हिड्छौ, भित्रै देखि रिसाएर
न्यानोपन ताप्छौ किन मुटु मेरो जलाएर
 लफ्याङ्ग -२,खोटाङ

This entry was posted on Friday, August 26th, 2011 and is filed under कविता-गीत-मूक्तक-गजल, खोटांग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply