इलाम सोसाईटि वेलायतको वाषिर्क भेटघाट कार्यक्रम सम्पन्न भयो- काङमाङ नरेश
स्याण्ड्रष्ट, अगष्ट २० – इलाम सोसाईटि वेलायतको वाषिर्क भेटघाट कार्यक्रम सम्पन्न भयो । उत्त कार्यक्रममा कवि तथा गीतकार मुकेश राईको कविता संग्रह अनुभुति रंगहरुको विमोचन नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष साहित्यकार तथा विशिष्ट अतिथी रक्ष राई र इलाम सोसाईटि वेलायतका अध्यक्ष रमेश गुरुङ्गले गर्नु भयो । अन्य अतिथीहरुमा प्रतिष्ठानका महासचिव दया कृष्ण राई र इलाम सोर्साईटी वेलायतका विशिष्ट सल्लाहकार कमल र्राई, दिलीप गुरुङ्ग, वि. एफ. वि. एसका प्रतिनिधी योगराज र्राई उपस्थित भएका थिए ।
विशिष्ठ अतिथी र अध्यक्षले पानसमा वत्ति वालेर कार्यक्रमको उदघाटन गरेका थिए । संस्थाका महासचिव खड्ग राईले उपस्थित अतिथीहरु, सम्पुर्ण इलाम वासी दाजुभाई दिदी वहिनीहरुलाई उपस्थित भएकोमा हार्दिक स्वागत गर्दै छोटो स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रतिष्ठानका सचिव कवि काङमाङ नरेशले कवि मुकेश र्राईको कविता वाचन गरे पछि मुकेश राईले आफ्नो कृति प्रकाशनमा सहयोग गर्नु हुने सवैलाई धन्यवाद दिनु भयो भने कृति भित्रको एउटा कविता वाचन गर्नु भएको थियो । प्रतिष्ठानका महासचिव दया कृष्ण राईले कृति माथी समिक्षा राखेका थिए । कविता संग्रह अनुभुति रंगहरु भित्र प्रकृति प्रेम, देश प्रेम, नस्लीय वोध र अतित मोह जस्ता विषय वस्तुले सिगारिएको पाउन सकिन्छ उहाँले भन्नु भयो ।
प्रमिला राईले कार्यक्रमको पहिलो भाग संचालन गरेकी थिइन भने दोस्रो भाग अन्तराष्ट्रिय नेपाली साहित्य समाज वेलायतका महासचिव लाराले गरेकी थिइन । उक्त कार्यक्रममा कवि देवेन्द्र खेरेस, कवि केदार संकेत, गीतकार विश्व काजी राई, नयाँ शन्देश साप्तहिकका प्रघान सम्पादक चण्डि राज र्राई लगायत अन्य व्याक्ति व्यात्तित्वहरु उपस्थित थिए । कार्यक्रमको संयोजक धासरी राईले गरेकी थिईन भने उपस्थित सवैलाई संस्थाका सल्लहाकार गोपाल गीरी धन्यावाद दिएका थिए । सभाका सभापति रमेश गुरुङ्गले औपचारीक कार्यक्रमको समापन गरे पछि कलाकारहरुले राम्रा राम्रा नृत्यहरु र गीतहरु गाएर उपस्थित सबैलाई भरपुर मनोरंजन दिएका थिए । नृत्य गर्ने कलाकारहरुमा रेशा तामाङ्ग, समृति गुरुङ्ग, कृस्टिना गुरुङ्ग, अनिता लीम्बु, वन्दना राई, सलीना राई र साथीहरु थिए भने गायक तथा संगीतकार चोक गुरुङ्ग र उमाकांत गुरुङ्ग,ले मिठा मिठा गीतहरु गाएका थिए ।


Leave a Reply