आफन्तलाई शन्देस

खोटाङको माटोले राष्ट्रलाई दिएको करातेको किम्बदन्ती- थानेश्वर राई

जापानी गुरु वाई इसिकावा, सिंगापुरे गुरु वाङ तुवाङ सेङको कुशल प्रदर्शन र मार्सल आर्टका किम्बदन्ती ब्रुस लीको सिनेमा थानेश्वर राईको किशोर मस्तिष्कबाट कहिल्यै मेटिएनन् । कक्षा ९ मा पढ्दापढ्दै (सन् १९७६) ब्रिटिश सेनामा भर्ती भएका थानेश्वरले सन् १९७२ मा इसिकावालाई गुरु थापेर सितेरिया कराँतेको यात्रा गरेका हुन् । मनका विभिन्न बाँध भत्काउँदै सिंगापुर सितेरियो कराँते [...]